अनेरास्ववियूले बुझायो विज्ञप्ति

इ.अ.स. अन्तर्गत रहेका विभिन्न अनेरास्ववियु क्याम्पस कमिटिले आज इ.अ.स.का डिन सर प्रा.डा.शसिधर राम जोशी सर सङ्ग विभिन्न माग राखी वार्ता गरेको छ । विद्यार्थीमा काेराेना महामारीका कारणले पर्न गएकाे गम्भीर मनाेबैज्ञानिक त्रास र बढ्दाे संक्रमणित सङ्ख्यालाई मध्यनजर गर्दै इ.अ.स. तत्काल बैकल्पिक विधि मार्फत परीक्षा र पठनपाठनकाे लागि अग्रसर गर्ने अनेरास्ववियुले माग राखेको थियो । अनेरास्ववियूका केन्द्रिय लेखा समिति सदस्य तथा काठमाडौ ईन्जिनियर कलेजका अध्यक्ष, स्व.वि.यु. सभापति पुर्ण खड्का भन्नू हुन्छ, "हामी प्राविधिक क्षेत्रका ईन्जिनियर कलेजका साथीहरुले आज विभिन्न माग राखी विज्ञप्ति बुझाएर डिन सरसंग वार्तामा बसेका थियौँ। हाम्राे मागकाे सम्बन्धमा डिन सरद्वारा हाम्रा माग अनुरूप नै आगामी दिनहरुमा इ.अ.स. को पठनपठान शैलिमा केही प्राविधिक सुधार तथा भिन्नता पाइन्छ भनेर आश्वासन दिनु भएको छ । यसै गरि अनेरास्ववियूकै केन्द्रिय निर्वाचन समिति सदस्य तथा पुर्व सान सहसंयोजक न्युसन लामिछाने भन्नू हुन्छ, "आजको वार्तामा हामीले प्रष्ट रुपमा अहिले को महामारीले गर्दा उत्पन्न अवस्था र यस्ले उब्जाएको मागहरु राख्यौं र हाम्रा मागहरू अनुरूप नै छिट्टै नै यस सम्बन्धमा ई.अ.स.को आधिकारिक धारणा आउने भएको छ ।
वार्तामा पुल्चोकबाट सम्योग पोखरेल, थापाथलीबाट नवीन सुवेदी, एड्भान्सबाट शिशिर पराजुली, हिमालयनबाट संयोग योगि, पूर्वाञ्चलबाट प्रतीक श्रेष्ठ, नेशनलबाट टेक बम, सगरमाथाबाट सन्देश सुवेदी, के.ई.सी. बाट नारायण अधिकारी लगायतको सहभागिता थियो ।
विज्ञप्ति सहित
No description available.









No description available.

No description available.

No description available.


















Comments